Thursday, December 19, 2013

२०१३ मा कसलाई खोजियो गुगलमा धेरै ?

सन् २०१३ अब केही दिन बाँकी छ । यो वर्ष गुगलमा छाएको ट्रेन्ड्सको बारेमा चर्चा हुन सुरु भएको छ । २०१३ मा सबैभन्दा बढी प्रचलित सर्च रिजल्ट्सलाई समेटेर गुगुलले हालै एक रिपोर्ट जारी गरेको छ । यो वर्ष नेल्सन मन्डेला, रोयल बेबी र टेक्नोलोजी प्रोडक्ट विश्वमा सबैभन्दा बढी खोजी भएको छ ।

गुगुलमा दक्षिण अफ्रिकाका दिवंगत राष्ट्रपति एवं रंगभेदविरुद्धको आन्दोलनका नायक मन्डेला सबैभन्दा बढी खोजी भएको छ । उहाँको डिसेम्बर ५ मा ९५ वर्षको उमेरमा निधन भएको थियो ।


अमेरिकाको गोप्य सूचनाहरु सार्वजनिक गर्ने एडवर्ड स्नोडेन समाचारहरुमा निकै छाए । अमेरिकाले आफ्ना मित्र देशका शीर्ष नेताहरुको टेलिफोन जासूसी गरेको खुलासापछि विश्वको सबैभन्दा शक्तिशाली देशका लागि स्नोडेन ठूलो टाउको दुखाइको विषय बने । तर, उनको बारेमा जान्न मानिसहरुले निकै कम चाहेको देखिएको छ । स्नोडेन गुगुलको टप टेन शर्चमा छैनन् ।




गुगुलको सर्चमा बेलायतको रोयल बेबी सातौं नम्बरमा छन् । शाही परिवारको जन्ममा बेलायतमा उत्सवैजस्तो देखिने गरी खुसी मनाइएको थियो । इन्टरनेट र सोसल मिडियामा मानिसहरुले रोयल बेबीको तस्वीर निकै शेयर गरेका थिए ।

गुगलको सर्वाधिक सर्च सूचीमा थुप्रै चर्चित घटनाहरु पनि गायब छन् । सडक दुर्घटनामा ज्यान गुमाएका हलिउड हभिनेता पह वाकर गुगुल सर्चको दोस्रो स्थानमा छ । उत्तर कोरिया दशौं स्थानमा छ । आफ्नो विवादास्पद कार्यक्रम र देशको दोस्रो शक्तिशाली नेतालाई फाँसी दिइएका कारण कोरियाबारे जान्न धेरै उत्सुक भएको हुनसक्छ ।

गुगुलको टप टेन शर्चमा प्रविधिको राम्रो उपस्थिति छ । एप्पलको आइफोन फाइभ एसबारे मानिसहरु निकै खोजेका छन् । टप टेन सर्चको सूचीमा यो तेस्रो स्थानमा छ । सामसुङको ग्यालेक्सी एस ४ आठौं र सोनीको प्ले स्टेशन नबौं स्थानमा छ ।