Sunday, March 3, 2013

गर्भमै आवाज सुन्छ बच्चाले

वैज्ञानिकहरुले बच्चाले जन्मिनु तिन महिना अघि नै पाठेघरमा रहेको अवस्थामा बाहिरी वातावरणको आवाज सुन्ने तथ्य पत्ता लगाएका छन् ।

फ्रान्सेली वैज्ञानिकहरुले बच्चाले गर्भमै बाहिरको आवाज सुनेर चिन्नसक्ने दाबी गरेका हुन् । युनिभर्सिटी अफ पिकार्डीका शोधकर्ताहरुले २८ हप्ताको गर्भको अप्टिकल स्क्यानिङ गरी यो कुराको प्रमाणित गरेका हुन् ।

बच्चाले गर्भमै बाहिरको आवाज सुन्न सक्ने र उक्त आवाज महिला वा पुरुष कसको रहेको छुट्टाउन सक्ने निष्कर्ष उनीहरुको छ । गर्भ रहेको ६ महिनामा बच्चाको कान विकशित हुन्छ । यसपछि ऊ आफ्नी आमाको बोली सहित अरु विभिन्न आवाज सुन्न र छुट्टाउन सक्ने हुन्छ ।

तर, बोलेको कुरा बुझ्ने क्षमताको विकाश भने गर्भमै वा जन्मेपछि हुन्छ भन्ने कुरा भने वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् । तर पछिल्लो अध्ययनले के कुरा देखाएको छ भने बच्चाले गर्भमै रहँदाबाट भाषा सिक्न सुरु गर्छ ।