Monday, February 11, 2013

बेलायतमा कृत्रिम मानव अगंबाट जैविक मानव तयार (भिडियोसहीत)

लन्डन, - बेलायतले मानिसको वास्तविक प्रकृतिको निकै निकट कृत्रिम मानव तयार गरेको छ । क्लोनलाई पछि पार्दै यो साढे ६ फिट अग्लो यन्त्रमानवको निर्माणमा १ मिलियन डलर खर्च भएको छ ।

संसारको यो पहिलो बायोनिक मानवको नाम 'रेक्स' राखिएको छ । यसमा १८ कम्पनी र युनिर्भसिटीको मिहिनेत छ । स्थानीय साइन्स म्युजियममा यसको अनावरण गरिएको छ, जहाँ ११ मार्चसम्म प्रदर्शनका लागि राखिने छ ।

खैरो आँखा भएको यो यन्त्र दुरुस्त मान्छेझैं देखिन्छ । रेक्सको अध्ययनपछि शरीरको काम नलाग्ने अंगलाई परिवर्तन गर्नमा पनि सहयोग मिल्ने छ । कृत्रिम अंग र सिंथेटिक रगत र रोबोटिक हातखुट्टा को सहयोगले यो बनाइएको हो । यो अविस्कारपछि मानवद्वारा तयार गरिएको कृत्रिम अंगहरूलाई शरीरमा प्रत्यारोपण गर्न सक्ने आशा बढेर गएको छ ।




Below is a video showcasing how robotic fingers are helping a 5-year-old boy who lost some of his fingers: