Friday, February 1, 2013

नाष्टद्वारा बायो डिजेल प्रशोधन प्रविधि तयार

काठमाडौं, माघ १९ - नेपाल प्रविधि तथा विज्ञान प्रतिष्ठान नाष्टले बायो डिजेल प्रशोधन प्रविधि तयार गरेको छ ।

नाष्टले डिजेल पेट्रोलको विकल्पमा प्रयोग गर्न सकिने बायो—डिजेल प्रसोधन प्रविधि तयार गरेर प्रयोगमा ल्याएको हो ।

नाष्टका वरिष्ठ बैज्ञानिक रविन्द्रप्रसाद ढकालले प्रशोधन विधिबाट अन्तराष्ट्रिय स्तरको बायो डिजेल उत्पादन सुरु गरेको उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

अहिले प्रयोगशाला स्तरमा उत्पादन सुरु गरेको जानकारी दिदै उहाँले ब्यवसायीले प्रविधि प्रयोग गर्ने तहमा विकास गर्न कसरत भईरहेको बताउनुभयो ।

नाष्टले बायो डिलेज प्रसोधनका लागि विदेशबाट आयात गर्नुपर्ने पोटासियम हाईड्रो अक्साईडको सट्टा नेपालमै पाईने डोलोमाईट ढुंगालाई क्याटेलिष्टलाई प्रयोग गरेको छ ।

वरिष्ठ बैज्ञानिक ढकालले आफूहरुले बायो डिजेलका लागि एउटा प्रकृया स्थापित गरिसकेको जानकारी यसलाई अझै सस्तो कसरी बनाउन सकिन्छ भने अनुसन्धानलाई थप अगाडी बढाएको बताउनुभयो ।
साभार:उज्यालो