Battery not the issue with dreamliners

Airline safety inspectors have found no faults with the battery used on Boeing's 787 Dreamliner.

2000 year-old shipwreck containing natural medicines discovered

Archeologists discovered a wooden box full of medicine in a 2000 year-old sunken ship off the coast of Tuscany.

दृष्टिबिहीनहरुलाई कृतिम आँखा

बिज्ञान र प्रबिधिले यसरी फड्को मरिराखेको छ कि अहिले चस्मा लगाउनेहरुको लागि दृष्टि सुधार्ने लेजर अपरेसन (lasrik eye operation) प्रबिधि त काठमांडौको तिलगंगा आँखा अस्पतालमा सुरु भईसकेको हो।

Iran launches a monkey into space

Iran says it has successfully sent a monkey into space. The primate travelled in a Pishgam rocket, which reached an altitude of some 120km (75 miles) for a sub-orbital flight before returning its shipment intact.

>

Thursday, December 19, 2013

टेलिकममा तीन महिनादेखि सीआरवीटी बन्द

२ मंसिर, काठमाडौं । नेपाल टेलिकमका मोबाइलमा तीन महिनादेखि नयाँ सीआरवीटी -कलर रिङ ब्याक टोन) अपलोड हुन बन्द भएको छ । नेपाली गीत संगीतको एकमात्र बाँच्ने आधार बनेको सीआरवीटी बन्द हुँदा त्यसको प्रत्यक्ष असर नेपालको संगीत उद्योगमा परेको छ ।

एल्बम बिक्री बन्दप्रायः अवस्थामा रहेको नेपाली संगीत बजारमा अहिले नयाँ गीत संगीत निस्कने भनेकै सीआरवीटीबाट 


दुई चार पैसा आम्दानी होला भन्ने आशमा हो । तर, नेपालको सीआरवीटी बजारको करिव ४० प्रतिशत हिस्सा ओगटेको नेपाल टेलिकमा तीन महिनायता कुनै पनि नयाँ गीत अपलोड हुन सकेको छैन् ।

नेपाल टेलिकममा सिस्टम एगि्रगेटरका रुपमा काम गरिरहेको हाइलाइट्स नेपालका अध्यक्ष ओम गुरुङले भन्नुभयो-’सिस्टम बिगि्रएको भन्दै तीन महिनादेखि नयाँ गीत लिन बन्द गरेको छ, हामीकहाँ गीत जाम भइसके ।’

नयाँ गीत अपलोड हुन नसक्दा सीआरवीटी डाउनलोड पनि ठप्पप्राय भएको संगीत उद्योगीहरु बताउँछन् । ‘टेलिकमबाट दिनमा करिव १० हजार गीत डाउनलोड हुन्थे’ नेपाल संगीत उद्योग संघका अध्यक्ष पदमबहादुर बुढाले भन्नुभयो-’नयाँ गीत अपलोड नहुँदा डाउनलोड लगभग ठप्पै भएको छ ।’

बुढाका अनुसार नेपालको सीआरवीटी बजारमा नेपाल टेलिकमको हिस्सा करिव ४० प्रतिशत छ । बाँकी करिव ५५ प्रतिशत एनसेल ५ प्रतिशत हिस्सा युटिएल र स्मार्ट टेलिकमको रहेको छ ।

‘सेवा भरपर्दो बनाउन नसक्दा टेलिकमले आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ’ बुढाले भन्नुभयो-’वर्षमा आधाजसो समय सिस्टम बिगि्रएको भन्दै गीत अपलोड बन्द हुन्छ, यसले नेपाल टेलिकम र संगीत उद्योग दुवैलाई घाटा भइरहेको छ ।’

नेपाल टेलिकमले भने जेडटीईको पुरानो सीआरवीटी सिस्टमलाई हुवाईले प्रतिस्थापन गर्न लागेका कारण केही समय अबरुद्ध भएको बताएका छ ।

सिष्टममा टेक्निकल समस्या देखिएपछि नयाँ गीतहरु अपलोड हुन नसकेको टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले बताउनुभयो । ‘पुराना अपलोड भइसकेका गीतहरु सीआरवीटी राख्न सकिन्छ’ उहाँले भन्नुभयो- ‘नयाँ गीतहरु अपलोड सुचारु गर्न प्राविधिकहरु लागिरहेका छन् ।’ उहाँका अनुसार केही दिनमा नै समस्याको समधान हुने छ । टेलिकम, सर्जक, म्यूजीक कम्पनीहरु सबैको राम्रो आयस्रोतको रुपमा रहेको सीआरवीटीका लागी नयाँ गीतहरु अपलोड सुचारु गर्न आफुहरु प्रयासरत रहेको उहाँले दाबी गर्नुभयो ।

गीत अपलोड सुचारु गर्न संगीत उद्यमीहरुले नेपाल टेलिकमलाई ताकेता गरिरहँदा पनि सुरु हुन सकेको छैन् । संगीत उद्यमी संघका बुढा भन्नुहुन्छ-’हामीलाई तीन दिनमा सिस्टम बन्छ भनिएको पनि १५ दिन बितिसक्यो, अझै सुरु हुन सकेको छैन् ।’

२०१३ मा कसलाई खोजियो गुगलमा धेरै ?

सन् २०१३ अब केही दिन बाँकी छ । यो वर्ष गुगलमा छाएको ट्रेन्ड्सको बारेमा चर्चा हुन सुरु भएको छ । २०१३ मा सबैभन्दा बढी प्रचलित सर्च रिजल्ट्सलाई समेटेर गुगुलले हालै एक रिपोर्ट जारी गरेको छ । यो वर्ष नेल्सन मन्डेला, रोयल बेबी र टेक्नोलोजी प्रोडक्ट विश्वमा सबैभन्दा बढी खोजी भएको छ ।

गुगुलमा दक्षिण अफ्रिकाका दिवंगत राष्ट्रपति एवं रंगभेदविरुद्धको आन्दोलनका नायक मन्डेला सबैभन्दा बढी खोजी भएको छ । उहाँको डिसेम्बर ५ मा ९५ वर्षको उमेरमा निधन भएको थियो ।


अमेरिकाको गोप्य सूचनाहरु सार्वजनिक गर्ने एडवर्ड स्नोडेन समाचारहरुमा निकै छाए । अमेरिकाले आफ्ना मित्र देशका शीर्ष नेताहरुको टेलिफोन जासूसी गरेको खुलासापछि विश्वको सबैभन्दा शक्तिशाली देशका लागि स्नोडेन ठूलो टाउको दुखाइको विषय बने । तर, उनको बारेमा जान्न मानिसहरुले निकै कम चाहेको देखिएको छ । स्नोडेन गुगुलको टप टेन शर्चमा छैनन् ।




गुगुलको सर्चमा बेलायतको रोयल बेबी सातौं नम्बरमा छन् । शाही परिवारको जन्ममा बेलायतमा उत्सवैजस्तो देखिने गरी खुसी मनाइएको थियो । इन्टरनेट र सोसल मिडियामा मानिसहरुले रोयल बेबीको तस्वीर निकै शेयर गरेका थिए ।

गुगलको सर्वाधिक सर्च सूचीमा थुप्रै चर्चित घटनाहरु पनि गायब छन् । सडक दुर्घटनामा ज्यान गुमाएका हलिउड हभिनेता पह वाकर गुगुल सर्चको दोस्रो स्थानमा छ । उत्तर कोरिया दशौं स्थानमा छ । आफ्नो विवादास्पद कार्यक्रम र देशको दोस्रो शक्तिशाली नेतालाई फाँसी दिइएका कारण कोरियाबारे जान्न धेरै उत्सुक भएको हुनसक्छ ।

गुगुलको टप टेन शर्चमा प्रविधिको राम्रो उपस्थिति छ । एप्पलको आइफोन फाइभ एसबारे मानिसहरु निकै खोजेका छन् । टप टेन सर्चको सूचीमा यो तेस्रो स्थानमा छ । सामसुङको ग्यालेक्सी एस ४ आठौं र सोनीको प्ले स्टेशन नबौं स्थानमा छ ।