Thursday, May 16, 2013

वैज्ञानिकले पत्ता लगाए कपाल फुल्नै नदिने विधि

कपाल फुल्नु उमेर छिप्पिएको लक्षण हो । यद्यपि विभिन्न कारणले गर्दा सानै उमेरमा पनि कपाल फुल्नसक्छ । बुढेशकालमा कपाल फुल्नु सामान्य हो । तर तन्नेरी अवस्थामै कपाल फुल्यो भने नजाति हुन्छ । त्यसैले मेहेन्दी लगाएर भएपनि कपाललाई कालो बनाउने प्रयास गर्छन् कपाल फुलेका तन्नेरीहरु । तर अब फुलेको कपाललाई अस्थायी रुपमा रंग दलेर कालो बनाउने झण्झट हट्ने भएको छ । वैज्ञानिकहरुले फुलेको कपाललाई कालो बनाउने अर्थात् कपाल फुल्नै नदिने उपचारको विधि पत्ता लगाएका छन् ।

युरोपेली शोधकर्ताहरुका अनुसार उमेर बढेसँगै मानिसको कपालको हेयर फोलिकल्समा हाइड्रोजन पेरोअक्साइड रसायन जम्मा हुन्छ । जसका कारण कपालको कालो रंग हराउँछ र फुलेर सेतो हुन्छ ।
वैज्ञानिकहरुका अनुसार यसरी जमेको हाइड्रोजन पेरोअक्साइडलाई हटाउन र यस्तो रसायन कपालको कोषिकामा जम्मा हुनै नदिन विशेष उपचार गर्नुपर्छ । कपाल फुल्न नदिने सम्बन्धि शोधको नतिजा एफएएसइबी जर्नलमा छापिएको छ ।