कजाकस्तानको बैकोनुर स्पेस सेन्टरबाट रुसी समय अनुसार दिउसो २ बजे सोयुज २.१ ए नामक यान प्रक्षेपण गरिएको हो । यानमा यात्रीका रुपमा मुसा, छेपारो, शंखेकिरा सँगै विभिन्न खालका ब्याक्टेरिया, वनस्पती तथा बिउबिजन समेत पठाइएको छ ।
रोचक कुरा त के भने अन्तरीक्षयान प्रक्षेपण गर्नु अघि पठाउन लागिएको एउटा मुसा अर्को मुसाको आक्रमणमा परी मृत्यु भएपछि फेरी अर्को मुसा थप्नुपरेको थियो ।
स्मरण रहोस् यसरी अन्तरीक्षमा विभिन्न खाले साना जनावर पठाइएको यो सन् २००७ यताको पहिलो हो । त्यतिबेला यस्तै जिवजन्तु सहितको यानले अन्तरीक्षमा १२ दिन बिताएको थियो । यो रुसी यान आउँदो मे १८ मा पृथ्वीमा फर्किनेछ । अन्तरीक्षमा रहँदा यो यानभित्र लगिएका जनावरमा विभिन्न खाले ७० प्रकारका परीक्षण गरिनेछ ।