Sunday, February 3, 2013

गुगल ह्याक गर्नुहोस, ३० लाख डलर जित्नुहोस, त्यो पनी गुगल बाटै!

सिर्सक पढेर अचम्म मान्नुभो? अचम्म नमान्नुहोस, यो साचो हो। गुगलले आफ्नो नयाँ अपरेटङ्ग सिस्टम "गुगल क्रोम अपरेटङ्ग सिस्टम"को सुरक्षा प्रणाली परिक्षण गर्न यो प्रतियोगिता गर्न लागेको हो।

गूगलले “Pwnium 3” प्रतियोगिताको घोषणा गरेको छ। यस प्रतियोगिताको कुल राशी ३० लाख अमेरीकी डलर रहने छ। यो प्रतियोगिता जित्नको लागी गुगलको क्रोम ऑपरेटिंग सिस्टम (ओएस) लाई तोड्न पर्नेछ। “सबैको इंटरनेट सुरक्षामा सुधार” भन्ने बिषयलाई लिएर यो प्रतियोगिता ७ मार्चमा आयोजना गर्न लागिएको कुरा गुगलले आफ्नो ब्लगमा जनाएको छ।

"सुरक्षा, क्रोम ओएस को मूल सिद्धांत मध्ये एक हो, तर पनी कुनै पनी सॉफ्टवेयर एकदम परिपूर्ण हुदैन र त्यसमा कहि न कही सुरक्षा चुकेको हुन्छ”। यही कारणले सुरक्षा अनुसंधान गर्नको लागी यो प्रतियोगिता गर्न लागेको कुरा गुगलले जनाएको छ।

Vancouver को CanSecWest मा गर्न लागिएको यो प्रतियोगिताको अर्को रोचक पाटो यस्को मुल्य हो। यस्को मुल्य ($3.14159 million USD) जुन गणितिय सिम्बोल पाई (π)को मात्रा हो, भन्दा: $Pi million.
स्रोत: http://blog.chromium.org/2013/01/show-off-your-security-skills-pwn2own.html