जुन रफ्तारले प्रविधिको विकास भइरहेको छ, त्यसले मानिसको रहनसहनमा पनि परिर्वतन ल्याएको छ । कम्प्युटर क्षेत्रको नामी कम्पनी माइक्रोसफ्टले ‘स्पेस अफ दि फ्युचर’ नामको नयाँ मोडल ल्याएको छ । जसमा अबको ५ वा १० वर्षपछिको हाइटेक जीन्दगी कस्तो हुन्छ भन्ने प्रष्ट देखिन्छ ।
बाशिङ्ग्टनस्थित माइक्रोसफ्टको मुख्यालयमा भविश्यको यो घर बनाइएको छ । यसमा अध्याधुनिक प्रविधिमा आफ्नो अनुहार हेर्न सकिन्छ भने एक इसाराको भरमा खाना पकाउने जस्ता दैनिक घरेलु काम गर्न सकिन्छ ।

सर्चमा जाँदा सम्वन्धित भिडियो, तस्वीर र अन्य जानकारीसमेत पाइन्छ । सुरुमा सेतो वा कालो बोर्ड हुनेछ, जसमा तपाई लेख्न सक्नु हुनेछ । त्यसपछि टच स्क्रीन भएको प्यानल आउँछ, जसमा तपाई सबै काम गर्न सक्नुहुन्छ, एउटै स्त्रिmनमा यी मल्टिपल काम सहजै हुनेछन् । भविश्यमा यस्तो सामाग्रीमा थुप्रै प्रकारको कमाण्ड निहिन हुनेछ । जसमा तपाईलाई यस सामाग्रीको पछिल्लो अवस्था देखाइनेछ भने केही कमाण्ड उक्त सामाग्रीलाई सर्चको माध्यमबाट अपडेठ पनि गराउँछ ।
किचनको मज्जा
यदि भोक लागेको छ भने घरको किचनले आफैं तपाईलाई मन पर्ने खाना बनाउन भरपूर प्रयास गर्छ । मान्नुस् तपाई एक भेडे खुर्सानी -क्याप्सीगम) लिएर स्क्यानरका अगाडी उभिनुहुन्छ,त् यसले कोप्सीक्यामबाट बन्ने सबै परिकार र त्यसको तस्वीर स्त्रिmनमा देखाउँछ ।
मन पर्ने खाना बनाएपछि जब तपाई कुकिङ टेवलतर्फ जानु हुनेछ, त्यस डिशमा प्रयोग भएको सामाग्रीको तस्वीर देखिन्छ, ताकि केही नछुटोस् । साथै बनाउने विधि पनि बताइनेछ । जब तपाई चुलातिर जानुहुन्छ, त्यसको तामक्रम डिशका अनुसार तय हुन्छ ।
माइक्रोसफ्टले यसलाई आगामी दशकको हाइटेक जीवनको झलकका रुपमा पेश गरेको छ । बिल गेट्सले माइक्रोसफ्टको प्रत्यक्ष नेतृत्व त्यागेपछि अहिले स्टीभ वालमरले यो कम्पनी हाँकिरहेका छन् । हालै उनलाई सोधियो- नयाँ कार्यकारीको नेतृत्वप्रति खुसी हुनुहुन्छ ? उनले भने- उनको नेतृत्वमा पछिल्ला बर्षहरुमा धेरै नयाँ चिज भइरहेको छ ।’
सायद यही नयाँ चीजको खोजीको एउटा परिणाम होला-भबिष्यको हाइटेक घरको कन्सेप्ट ।’ यसले माइक्रोसफ्टको शाख उठाउन पनि मद्दत गर्ने बीबीसीले अनुमान गरेको छ । साभार: अनलाईनखबर
थप भिडियोहरु: