Tuesday, February 19, 2013

Burger King's Twitter account hacked

फेब्रवरी १९, २०१३
अमेरिकाको बर्गर किङ्ग (Burger King) कम्पनी को ट्विटर ह्याक भएको छ। आफ्नो ट्विटर अकाउण्ट ह्याक भएको स्व्येम बर्गर किङ्ग कम्पनीले नै घोसणा गरेको छ।

ह्याक भएको केही घण्टा पछि नै बर्गर किङ्गले ट्विटर लाई अनुरोध गरेर आफ्नो अकाउण्ट खारेज गर्न लगाएको थियो। हिजो नेपाली समय २३:०० बजे देखि @BurgerKing बन्द छ। बर्गर किङ्ग ले उसको फेसबुक पेज मार्फत यसको क्षमा मागेको छ।

ह्याक भए लगत्तै बर्गर किङ्गको प्रोफाइल तस्बिर फेरिएर उसको प्रतिद्वन्दी म्याकडोनाल्डस को तस्बिर लोगो राखिएको थियो। त्यस पछी निम्न ट्विट् सन्देसहरु प्रेसित भएका थिए:
"We just got sold to McDonalds! Look for McDonalds in a hood near you"
"If I catch you at a Wendys, we're fightin!"


त्यस्तै मेक्डोनल्डस् (McDonalds) ले जवाफिमा यो ह्याक मा उसको कुनै हात नरहेको जानकारी गराएको छ। ह्याक कहाँ बाट कसले गरेको भन्ने अझै केहि थाहा भएको छैन।