Tuesday, February 5, 2013

क्यान इन्फोटेक उन्नाइसौ सस्करण भोलि (माघ २४ ) देखी सुरु

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले वर्षेनी आयोजना गर्दै आइरहेको सूचना तथा सञ्चार प्रविधि(आइसिटी) मेलाको उन्नाइसौ सस्करण भोलि (माघ २४ ) देखी सुरु हुदै छ । प्रदर्शनी हल भृकुटीमण्डपमा आयोजना हुने इन्फोटेक ६ दिनसम्म चल्नेछ । कार्यक्रमको उदघाटन समारोह राष्ट्रिय सभागृहमा आयोजना हुने क्यानले जनाएको छ । यस वर्षको टाइटल स्पोनस्र्ड मिदास टेक्नोलोजी प्रा.लिले गरेको छ, जसकारण यो इन्फोटेक ुमिदास क्यान इन्फोटेक २०१३ को नाममा परिचत भएको छ । मिदास क्यान इन्फोटेक २०१३ को उदघाटन सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवबाट हुनेछ ।

डिजिटल प्रविधिको प्रयोगबाट गरिने उद्घाटनमा हजारभन्दा बढिलाई निमन्त्रणा पठाइएको क्यानले जानकारी दिएको छ । यस वर्ष नेपाली सफ्टवेयर तथा सर्भिस कम्पनीहरुलाई इन्फोटेकमा फोकस गरिएको छ । इन्फोटेकमा विभिन्न कम्पनीहरुले आफ्ना नया सर्भिस तथा प्रडक्टहरु लन्च गरिरहेका छन् ।