Wednesday, February 27, 2013

Mobile phone app tests urine for medical issues

कम्पुटर सँगै मोबाइल फोनको बिकाशले हाम्रो दैनिक जीवनमा धेरै फेर-बदल ल्याएको छ। आजभोली प्राय सबैको हातमा "smartphone" हुन्छ र आफ्नो फोन नहुँदा कति काम रोकिने तथा सुमधुर नहुने भएको हुन सक्छ। मोबाइलका "app" हरुको प्रयोग मार्फत जीवन धेरै सजिलो भएको छ। बाटो-बाटोमै परिवार इस्ट-मित्र संग कुरा गर्न, समाचार पढ्न, गीत-सङ्गीत सुन्न, फेसबूक चलाउन, ट्विटर हेर्न, आदि इत्यादी कुरामा स्मार्ट फोनका “याप” हरुले सजिलो बनादिएका छन्। यस्तै मा अब त् आफ्नो पिसाब जाँच गर्न पनि मिल्ने याप आयो रे है।

हालसालै लस-एन्जलस "TED" कार्येक्रम मा यो "Uchek" भन्ने याप सम्बन्धी जानकारी सार्बजनिक गरिएको थियो। यस "app"ले फोन को क्यामेरा मार्फत पिसाबको फोटो खिचेर पिसाबको छान-बिन गरी सो पिसाब वाला ब्यक्तिलाई केहि शाररिक समस्या छ कि नाई भन्ने जानकारी दिन्छ।

तल पद्नुहोस यसले कसरी काम गर्छ भन्ने :
प्रयोग कर्ताले "टेस्ट स्ट्रिप" भन्ने एउटा छडी पनी किन्नु पर्ने हुन्छ। उक्त छडी आफ्नो पिसाब मा केहि बेर डुबाए पछि एउटा बिशेष टालोमा राखेर फोटो खिच्नु पर्ने हुन्छ। सो छडी र टालो पनि याप किन्दा याप संगै आउने छन्। त्यो छडी को फोटो खिचे पछि याप ले छान-बिन गरि छडी को रंगहरु हेरेर नतिजा दिन्छ।

यो "app" मार्च को अन्तिम साता देखि याप्पलस याप स्टोरमा २० अमेरिकन डलरमा किन्न पाइने छ। त्यसमा उक्त टालो र छडी पनि समबेस हुनेछ। यस यापले २५ थरिका शाररिक समस्या जाँच गर्न सक्ने यसका बिकाशक बताउँछन्। यो याप का सृजनाकर म्यश्किन इन्गावाले हुन्।