एल्बम बिक्री बन्दप्रायः अवस्थामा रहेको नेपाली संगीत बजारमा अहिले नयाँ गीत संगीत निस्कने भनेकै सीआरवीटीबाट
दुई चार पैसा आम्दानी होला भन्ने आशमा हो । तर, नेपालको सीआरवीटी बजारको करिव ४० प्रतिशत हिस्सा ओगटेको नेपाल टेलिकमा तीन महिनायता कुनै पनि नयाँ गीत अपलोड हुन सकेको छैन् ।
नेपाल टेलिकममा सिस्टम एगि्रगेटरका रुपमा काम गरिरहेको हाइलाइट्स नेपालका अध्यक्ष ओम गुरुङले भन्नुभयो-’सिस्टम बिगि्रएको भन्दै तीन महिनादेखि नयाँ गीत लिन बन्द गरेको छ, हामीकहाँ गीत जाम भइसके ।’
नयाँ गीत अपलोड हुन नसक्दा सीआरवीटी डाउनलोड पनि ठप्पप्राय भएको संगीत उद्योगीहरु बताउँछन् । ‘टेलिकमबाट दिनमा करिव १० हजार गीत डाउनलोड हुन्थे’ नेपाल संगीत उद्योग संघका अध्यक्ष पदमबहादुर बुढाले भन्नुभयो-’नयाँ गीत अपलोड नहुँदा डाउनलोड लगभग ठप्पै भएको छ ।’
बुढाका अनुसार नेपालको सीआरवीटी बजारमा नेपाल टेलिकमको हिस्सा करिव ४० प्रतिशत छ । बाँकी करिव ५५ प्रतिशत एनसेल ५ प्रतिशत हिस्सा युटिएल र स्मार्ट टेलिकमको रहेको छ ।
‘सेवा भरपर्दो बनाउन नसक्दा टेलिकमले आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ’ बुढाले भन्नुभयो-’वर्षमा आधाजसो समय सिस्टम बिगि्रएको भन्दै गीत अपलोड बन्द हुन्छ, यसले नेपाल टेलिकम र संगीत उद्योग दुवैलाई घाटा भइरहेको छ ।’
नेपाल टेलिकमले भने जेडटीईको पुरानो सीआरवीटी सिस्टमलाई हुवाईले प्रतिस्थापन गर्न लागेका कारण केही समय अबरुद्ध भएको बताएका छ ।
सिष्टममा टेक्निकल समस्या देखिएपछि नयाँ गीतहरु अपलोड हुन नसकेको टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले बताउनुभयो । ‘पुराना अपलोड भइसकेका गीतहरु सीआरवीटी राख्न सकिन्छ’ उहाँले भन्नुभयो- ‘नयाँ गीतहरु अपलोड सुचारु गर्न प्राविधिकहरु लागिरहेका छन् ।’ उहाँका अनुसार केही दिनमा नै समस्याको समधान हुने छ । टेलिकम, सर्जक, म्यूजीक कम्पनीहरु सबैको राम्रो आयस्रोतको रुपमा रहेको सीआरवीटीका लागी नयाँ गीतहरु अपलोड सुचारु गर्न आफुहरु प्रयासरत रहेको उहाँले दाबी गर्नुभयो ।
गीत अपलोड सुचारु गर्न संगीत उद्यमीहरुले नेपाल टेलिकमलाई ताकेता गरिरहँदा पनि सुरु हुन सकेको छैन् । संगीत उद्यमी संघका बुढा भन्नुहुन्छ-’हामीलाई तीन दिनमा सिस्टम बन्छ भनिएको पनि १५ दिन बितिसक्यो, अझै सुरु हुन सकेको छैन् ।’



























Previous missions to Mars have spotted clay minerals. And Curiosity itself had already found signs that liquid water once flowed across the surface. But the pinch of powder tested by Curiosity, from a rock nicknamed John Klein, is the first hard evidence of water-borne clays in a benign pH environment. “This is the only definitive habitable environment that we’ve described and recorded,” says David Blake, principal investigator for the rover’s Chemistry and Mineralogy instrument (CheMin) at NASA’s Ames Research Center in Moffett Field, California.
































